प्रचण्ड–नेपाल नेकपाको महासचिव पाण्डेलाई बनाउने समझदारी

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

प्रचण्ड–नेपाल नेकपाको महासचिव नेता सुरेन्द्र पाण्डेलाई बनाउने समझदारी भएको छ ।

अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीचको छलफलले नेता पाण्डेलाई महासचिव बनाउने समझदारी गरेको हो । 

माधवकुमार नेपाल अध्यक्ष, पुष्पकमल दाहाल संसदीय दलको नेता भएपछि अर्का वरिष्ठ नेता झलनाथ खनालकाे प्रस्तावमा पाण्डेलाई महासचिव दिने समझदारी भएकाे हाे ।

शीर्ष नेतृत्वबीच नेता पाण्डेलाई महासचिव बनाउने निर्णय गरिएको स्रोतले जनाएको छ । 

पाण्डे पूर्वएमालेकाे नवौँ महाधिवेशनमा माधव नेपाल समूहबाट महासचिवमा उम्मेदवार बनेका थिए । त्यसवेला उनी * ईश्वर पोखरेलसँग ६ मतले पराजित भएका  थिए । 

केहीबेरपछि काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने केन्द्रीय कमिटी बैठकले पाण्डेलाई महासचिवमा अनुमोदन गर्नेछ । 

* (ईश्वर पोखरेल हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको)

सुझावित समाचार