प्रचण्ड–नेपाल समूहको दर्ता नम्बर ५५५ (भिडियोसहित)

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

नेकपाको प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यसहित गरेको निर्णयबारे जानकारी उपलब्ध गराएको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । 

आयोगमा यस पत्रको दर्ता नम्बर ५५५ रहेको स्रोतले जनाएको छ । 

पत्रमा अध्यक्ष केपी ओलीमाथि अनुशासनको कारबाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपालाई नियुक्ति गरिएको विषय उल्लेख छ । 

पत्र दर्ता गर्न नेताहरू सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका थिए । 
पत्रमा नेकपाको साबिकको चार सय ४१ केन्द्रीय सदस्यमध्ये तीन सय १६ जनाको हस्ताक्षर रहेको जनाइएको छ । 

नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल दुवै पक्षले मूल धार आफूहरू रहेको दाबी गर्दै आयोगमा पत्र दर्ता गरेका छन् । 
हिजो मंगलबार ओली समूहले पत्र दर्ता गरेको थियो ।

सुझावित समाचार