नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा चलिरहेका वेला अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल एवं नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दै छ ।
आज मंगलबार दिउँसो काठमाडौंको बबरमहलस्थित कार्की बेंक्वेटमा बस्ने दाहालकी सचिवालयकी सहयोगी गंगा दाहालले जनाएकी छिन् ।
दिउँसो १ बजे हुने बैठकमा प्रचण्ड–नेपाल लक्षले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने स्रोतले जनाएको छ ।
पार्टीको हितविपरीत र अनुशासनहीन कार्य गरेको भन्दै ओलीमाथि कारबाही यस बैठकले गर्ने जनाइएको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीमाथि कारबाही गर्ने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ ।