कांग्रेस सभापति देउवाले भने- प्रधानमन्त्रीको कदम अधिनायकवादउन्मुख

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण अपनाउने बताएका छन् ।

उनले सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

‘अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ, संविधानविपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ उनले ट्विट गर्दै भनेका छन्, ‘यो कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

सुझावित समाचार