२५ प्रतिशत संख्या नभएकाले संसदको विशेष अधिवेशन माग गर्न सकेनौँ : देउवा

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा कांग्रेस एक्लैसँग २५ प्रतिशत संख्या नभएकाले विशेष अधिवेशन माग गर्न नसकेको बताएका छन् । शुक्रबार साँझ ट्विट गर्दै देउवाले संसद्को विशेष अधिवेशन बोलाउन पटकपटक पहल गरे पनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले नसकेको बताएका हुन् । 

‘कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरूसँग पनि यस विषयमा छलफल भएको थियो । तर, ती छलफलले सार्थकता नपाएकाले विशेष अधिवेशन माग गर्ने प्रक्रिया सुरु गर्न सकेनौँ,’ उनले लेखेका छन् । सभापति देउवाले अब तत्काल नियमित संसद् अधिवेशन बोलाउन माग गरेका छन् । 
 

सुझावित समाचार