कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिको भूमिकाबारे छलफल हुने

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाबारे छलफल गर्ने भएको छ ।

कांग्रसेको भाेलि शुक्रबार डाकिएको संसदीय दलको बैठकमा संवैधानिक परिषदबारेको अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भूमिकाबारे गम्भीर छलफल गर्ने भएको हो । 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले राष्ट्रपतिले दलको नेता जसरी भूमिका खेलेकाले उनले हालका पछिल्ला राजनीतिक विषयमा खेलेको भूमिकाबारे संसदीय दलको बैठकमा छलफल हुने जानकारी दिए । 

त्यसैगरी अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसद्को हिउँदे अधिवेशन बोलाउने विषयलगायतका विषयमा छलफल हुने उनले बताए । 

बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको छ ।

सुझावित समाचार