अध्यादेश र संसद्को विशेष अधिवेशनसम्बन्धी निवेदन फिर्ता लिने नेकपाको सर्वसम्मत निर्णय (भिडियोसहित)

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको  छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले अध्यादेश र निवेदन फिर्ता लिने निर्णय गरेको हो  ।

स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने र १० पुसमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठकले केही पनि निर्णय नगरेको जानकारी गराउँदै अध्यादेश फिर्ता लिने बताएका थिए ।

See More On

सुझावित समाचार