बर्दियामा दाेस्रो बुद्धिचाल प्रतियोगिता सुरु

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोस्राे   जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता गुलरिया नगरपालिका– ६ को आर्थिक सहयोगमा आयोजना गरिएको हो । 

‘खेल र स्वास्थ्यमा हाम्रो सवाल, बुद्धि विकासका लागि बुद्धिचाल’ भन्ने मूल नारासहित सुरु भएको खेल दुई दिनसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन गुलरिया नगरपालिकाकी उपमेयर सुशीला गिरीले उद्घाटन गरिन् । 

उनले खेलकुद स्वास्थ्यसँग जोडिएको भएकोले शारीरिक र मानसिक विकासका लागि खेलकुदको आयोजना निरन्तर हुनुपर्ने बताइन् । 

कार्यक्रममा गुलरिया नगरपालिका– ६ का वडाध्यक्ष नीरज शर्माले बुद्धिचाल खेल प्रतियोगिताको लागि प्रत्येक वर्ष बजेट छुट्याउने गरेको बताए । 

उनले व्यक्तिहरूको मानसिक विकासको लागि बुद्धिचाल खेललाई स्थापित गर्नुपर्ने बताए । 

जिल्लामा यो प्रतियोगिता दोस्रोपटक भएको हो । प्रतियोगितामा २६ जना खेलाडीको सहभागी छन् । 

प्रतियोगिताअन्तर्गत खुला प्रतिस्पर्धा, विद्यार्थी प्रतिस्पर्धा, महिला प्रतिस्पर्धा र भेट्रान प्रतिस्पर्धा हुने बुद्धिचाल संघका जिल्ला अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए ।

खेलमा विजयी प्रतियोगीलाई नगद पुरस्कारसहित प्रमाणपत्र दिने उनले बताए ।

सुझावित समाचार