संविधान विरोधीविरुद्ध एक हुन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएकै दिन राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी प्रदर्शनका विरुद्ध एक हुन आह्वान गर्दै काठमाडौंमा सर्वदलीय बैठक बोलाएकै दिन रौतहटमा राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै प्रदर्शन गरिएको छ । 

चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए । 

उनीहरूले पूर्वराजा रानीको तस्बिर अंकित टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका थिए । 

प्रदर्शनकारीहरूले चन्द्रनिगाहपुरको मुख्य–मुख्य स्थानमा प्रदर्शन गर्दै मुख्य चोकमा आएर सभा सम्पन्न गरेका थिए । 

प्रदर्शनमा जिल्लास्तरीय नेताहरूको सहभागिता रहेकोमा अधिकांश युवा देखिन्थे ।

सुझावित समाचार