एनआइसी एसिया बैंक लिमिटेडको २३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
१९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक साधारणसभामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै अनलाइन प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले देशभर ३ सय ३० शाखा, ४ सय ७० एटिएम, ९९ एक्सटेन्सन काउन्टर एवं ७४ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।