एनसेलको १७ रुपैयाँमा ६० मिनेटको भ्वाइस प्याक

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि १७ रुपैयाँमा ६० मिनेटको भ्वाइस प्याक ल्याएको छ । कमपनीले दुईवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ ।

कम्पनीले १७ रुपैयाँमा एक घन्टाका लागि ६० मिनेटको र ४८ रुपैयाँमा ३ दिनका लागि २ सय २५ मिनेटको दुई प्रकारको भ्वाइस प्याक ल्याएको हो । 

यो सेवाले ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रिपेड ग्राहकले १ घन्टाको र ३ दिनको समयसीमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्ने जनाइएको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्नेबित्तिकै प्याकको समयसीमा सुरु हुने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार