प्रधानमन्त्री ओली ताप्लेजुङको घुन्सामा

सोमबार, ८ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओली ताप्लेजुङको घुन्सा पुगेका छन् ।​ घुन्सा फाउन्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्न उनी  सोमबार घुन्सा आएका हुन् ।

घुन्सावासीले ओलीलाई स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि घुन्सा पुगेका छन्।

घुन्सा आउनुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सीमानाका ओलाङचुङगोला र त्यहाँ केही समयअघि स्थापना गरिएको बोर्डर आउट पोस्ट (बिओपी) को हवाई निरीक्षण गरेका थिए। 

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमाली बस्ती हो। घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ। इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बिओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

तस्बिर : सामाजिक सञ्जालबाट 

सुझावित समाचार