दराजको ११.११ को विशेष बिक्री दिवस मनाउने तयारी पूरा

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

अनलाइन बजार दराजले ‘लाइभ एनाउन्समेन्ट’ कार्यक्रममार्फत दराज ११.११ को तेस्रो संस्करण कात्तिक २६ मा सफल बनाउन पूरै तयार रहेको जनाएको छ । कम्पनीले अघिल्लो दुई संस्करण सफल रहेको निष्कर्ष निकाल्दै तेस्रो संस्करणका लागि तयार रहेको जनाएको हो ।  

११.११ का लागि ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको कम्पनीको स्पष्टोक्ति छ । साथै, ६ अन्य लजिस्टिक साझेदारसँग काम गर्दै क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार गरेको कम्पनीको दाबी छ । महामारीको समयमा ग्राहक र कर्मचारीको सुरक्षा निश्चित गर्न डेलिभरी कर्मचारीको स्वास्थ्यको निरन्तर जाँच गरिरहेको कम्पनीका डेस्क प्रमुख सन्तोष विष्टले बताए । उनका अनुसार ग्राहकसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि कर्मचारीलाई तालिम दिइएको छ । 

कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मुख्य ग्राहक अधिकारी सम्झना सुवेदीले ग्राहकका मागहरू पूरा गर्न ११.११ का लागि २ सयभन्दा बढी कस्टुमर केयर एजेन्ट राखेको बताइन् । ११.११ का लागि काम गर्ने समयावधि पनि बढाएको उनको भनाइ थियो । 

११.११ का खरिदकर्तालाई उपहार
यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथै ८ लाखबराबरको टिभिएस अपाचे आरआर ३१० जित्ने मौका पाउने कम्पनीले जनाएको छ । नाबिल, सनिमा, एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट दिइने दराजले जनाएको छ । ग्राहकले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउने जनाइएको छ ।  

११.११ मा ग्राहकले विशेष लन्चका रूपमा सामसङ ग्यालेक्सी एसट्वेन्टी एफई ७० हजार रुपैयाँमा पाउने जनाइएको छ । त्यस्तै, एलजी, एमआई, फिटबिट, सोनी, भ्याङ्स, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेसन हाउस, न्यू ब्यालेन्स, टिभियसजस्ता ब्रान्डहरूमा पनि ६० प्रतिशतसम्म छुट पाउने दराजले जनाएको छ ।

प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने कम्पनीको दाबी छ । ग्राहकलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निःशुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टुर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट र वनरुपी गेम र मिसन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार