मोरङको केराबारीबाट जुवातास खेलिरहेका पाँचजना जुवाडे करिब नौ लाख नगदसहित पक्राउ परेका छन् ।
गएराति केराबारी गाउँपालिका– ६ निवासी भूपेन्द्र भट्टराईको घरमा जुवातास खेलिरहेका पाँचजना जुवाडेलाई प्रदेश तथा मोरङ प्रहरीबाट खटिएको संयुक्त टोलीले आठ लाख ८९ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा घरधनी भूपेन्द्र भट्टराई, स्थानीय बोधराज मगर, धरान उपमहानगरपालिका– १५ का अरुण केसी, शैलेश भुजेल र धरान– ६ का हरि खत्री छन् ।