ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

 सल्यानमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।  

सल्लीबजारबाट कुशे गाउँपालिका– ६  जाँदै गरेको भे.१त ८३१४ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा सहचालक कुशे गाउँपालिका– ६ का २४ वर्षीय रामबहादुर सिंहको मृत्यु भएकोे प्रहरीले जनाएको छ । 

ट्याक्टर डिजेल बोकेर कुशे गाउँपालिका जाँदै गर्दा छेडागाड नगरपालिका– १० धारामा दुर्घटनामा परेको हो । जाजरकोटमा पेट्रोलियम पदार्थको डिपो नहुँदा सल्लीबजारबाट तेल ढुवानी गरिँदै आएको छ । 

सुझावित समाचार