प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने रु. दुई लाख ६२ हजार गाउँपालिका कोरोना विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरिराज पौडेलले बताए ।