निसान म्यागनाइट एसयुभी नेपाल आउँदै

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

निसान मोटर्सले बि–एसयुभी म्यागनाइट बजारमा ल्याएको छ । कम्पनीले ‘बिग, बोल्ड, ब्युटिफुल’ नामकरण गरेको यो मोडेल अनलाइनमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरेको हो । 

निसान मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निसान म्यागनाइट नेपालमा सार्वजनिक गर्ने पूर्वतयारी सुरु गरेको जनाएको छ । यो एसयुभीमा स्पोर्टी लुक्ससहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्परजस्ता विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ । 

निसान म्यागनाइट १.० लिटर पेट्रोल इन्जिनका दुईवटा भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । यसमा एउटा नेचुरली एसपिरेटेड इन्जिन र अर्काे टर्बाेचाज्र्ड इन्जिन हुनेछ । निसान म्यागनाइटमा ८ इन्च फुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत विभिन्न फिचरहरू उपलब्ध रहेको जनाइएको छ । 

सुझावित समाचार