क्याथी प्यासिफिक एयरवेजले ८५ सय कर्मचारी हटाउँदै

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार पाँच सय रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोना भाइरस महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीलाई राखिरहन पनि नसकिने भन्दै कटौती गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । 

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरूमध्ये पाँच हजार तीन सयजना हङकङमै रहेर काम गर्ने हुन् । त्यसबाहेक अरू ६ सयजना अन्य ठाउँका कर्मचारीलाई कटौती गर्न लागिएको कम्पनीको भनाइ छ । अरू दुई हजार ६ सय पद भने पहिलेदेखि नै खाली थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

सुझावित समाचार