पानीमा डुबेर बालकको मृत्यु

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका– ४ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ  बस्ने जगु सहनीका नाै वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको हो ।

पोखरीमा नुहाउन गएका बालक डुबेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ । पोखरीको पानीमा डुबेका बालकलाई स्थानीयले तत्काल उद्धार गरेका थिए ।

बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक बालकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए । 

सुझावित समाचार