नेपाल एसबिआई बैंकले गैँडाकोटमा ब्रान्चलेस बैंकिङ आउटलेट सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको भर्चुअल माध्यमबाट उद्घाटन गरिएको थियो । आउटलेटको भारतीय राजदूतावासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल र बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले संयुक्त रूपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादभेन्द्र कांत तथा प्रमुख व्यवसाय पर्वद्धन अधिकृत छविराज पन्तका साथै भारतीय राजदूतावासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति रहेको बैंकले जनाएको छ ।