ग्लोबल आइएमई र आइएमई पेबीच सरकारी राजस्व संकलन गर्ने सम्झौता

शुक्रबार, २२ असोज, २०७७
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता भएको छ । नगदका रूपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजस्व भुक्तानी आइएमई पे डिजिटल वालेटका माध्यमबाट भुक्तानी गर्न सकिनेसम्बन्धी सम्झौता भएको हो । 

यस व्यवस्थाले सर्वसाधारणलाई राजस्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिएको बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हस्ताक्षर गरेका थिए ।

सुझावित समाचार