एनआइसी एसियाका ग्राहकले सुजुकी मोटरसाइकल किन्दा छुट पाउने

सोमबार, १८ असोज, २०७७
डिजिटल संस्करण

एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजी आटोमोबाइल प्रालिबाट सुजुकी ब्रान्डका दुईपांग्रे सवारी खरिद गर्दा मूल्यमा छुट पाउने भएका छन् । मोटरसाइकल खरिदमा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी १५ हजार रुपैयाँ छुट पाउने भएका हुन् । 

छुट दिने सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा भिजी आटोमोबाइलका उपमहाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेको बैंकले जनाएको छ । यो योजना ५ मंसिरसम्म लागू हुने जनाइएको छ । 

बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्नका लागि अनलाइनबाटै आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको बैंकले जनाएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ वा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्तालाई देशभरका २ हजार ३ सयभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ । 

बैंकले देशभर ३ सय २६ शाखा, ४ सय ६८ एटिएम, १ सय ३ वटा एवं ६४ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार