सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतले केही न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि एकल इजलास मात्र सञ्चालन गरेको छ । 

अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले एकल इजलास मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै न्यायाधीशमा संक्रमण देखिएपछि केही न्यायाधीश अहिले होम आइसोसनमा रहेको बताए ।

सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अर्का न्यायाधीश डा. मनोजकुमार शर्मा मात्र आएका छन् । राससका अनुसार न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ । 

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । 

सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी संक्रमित भएको र सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको जनाइएको छ ।

सुझावित समाचार