एनसेलको पेएजयुगो डेटा अब ४० पैसा प्रतिएमबी

बिहिबार, १४ असोज, २०७७
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि साप्ताहिक पेएजयुगो योजना ल्याएको छ । कम्पनीले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने योजना ल्याएको हो । 

मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी करबाहेक २ रुपैयाँमा डेटा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकका लागि यो सेवा ल्याएको कम्पनीले जनाएको छ । योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्छन्, त्यसैअनुरूप डेटाको शुल्क अझ कम हुँदै जाने जनाइएको छ ।

ग्राहकले पेएजयुगोअन्तर्गत एक हप्तामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा शुल्क प्रतिएमबी २ रुपैयाँ पर्नेछ । २० रुपैयाँभन्दा बढी ५० रुपैयाँसम्म खर्च गर्दा प्रतिएमबी १ रुपैयाँमा नै पाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले एक हप्तामा ५० रुपैयाँभन्दा बढी खर्च गर्नेबित्तिकै प्रतिएमबी ४० पैसामा मेन ब्यालेन्सबाटै डेटा सेवा पाउने कम्पनीले जनाएको छ ।    

हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयुगो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुने जनाइएको छ । 

सुझावित समाचार