गरिब राष्ट्रलाई विश्वबैंकले भ्याक्सिन किनिदिने

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

विश्वबैंकले गरिब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आममानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउनासाथ विश्वबैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्वबैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरिब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्वबैंकका सेयरहोल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । 

 एजेन्सीको सहयोगमा

सुझावित समाचार