गाँजासहित दुईजना पक्राउ

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

स्याङ्जामा गाँजासहित दुईजना पक्राउ परेका छन् । गाँजा खरिद गर्ने अर्जुनचौपारी गाउँपालिका–२ मजुवा बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ र बिक्री गर्ने सोही गाउँपालिका– ३ गहते बस्ने ६३ वर्षीय तुलबहादुर क्षेत्री तीन किलो गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले गुरुङको घरमा खानतलासी गर्दा लागुऔषध गाँजा फेला पारेको अधिकारीको भनाइ छ ।

सोधपुछको क्रममा गुरुङले तुलबहादुर क्षत्रीको घरबाट गाँजा ल्याएको बताएपछि क्षत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले बताए । प्रहरीले क्षेत्रीको घरबाट समेत गाँजा फेला परेको थियो ।

पक्राउ परेका गुरुङ र क्षेत्रीलाई जिल्ला अदालतबाट २५ दिनकोे म्याद थपेर अनुसन्धान भइरहेको अधिकारीले बताए । 
 

See More On

सुझावित समाचार