१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी एक बालिकाको बलात्कारपछि हत्या भएको हो ।  मृत भेटिएकी बालिकाकाे योनिबाट रगत बगेको र सुरुवाल खाेलिएकाे थियाे । 

घटनाको जानकारीपश्चात् बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काको  टोली घटनास्थल पुगेको थियो ।
 
बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न अवस्थामा फेला परेको डिएसपी खड्काले जानकारी दिए । घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने उनको भनाइ छ । 

हत्या आशंकामा प्रहरीले  एकजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

सुझावित समाचार