मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई सुरक्षित बैंकिङ कारोबार गर्न मिल्ने गरी इ–टेलर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने व्यवस्था गरेको हो ।
यो सेवा बैंकका सबै शाखाहरूमा उपलब्ध हुने जनाइएको छ । सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका थिए । कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।