कामना सेवा विकास बैंकले घरमा नै बसेर भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालका माध्यमद्वारा खाता खोल्ने, केवाइसी अपडेट गर्ने तथा चेकबुक र डेबिट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउनेजस्ता कार्यहरू सजिलै गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदीप आचार्यले फेसबुक लाइभका माध्यमबाट आज यो सुविधाको सुरुवात गरेका हुन् ।
भाइबरका माध्यमबाट यी सुविधाहरू प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्युआर कोड स्क्यान गर्नुपर्ने जनाइएको छ । त्यस्तै, फेसबुकका माध्यमबाट यी सुविधाहरू प्राप्त गर्नका लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनुपर्ने कम्पनीले जनाएको छ ।