हुम्लाको रोडीकोटमा आगलागी हुँदा ६ घर जले, ६० लाखबराबरको क्षति

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण
हुम्लाको रोडीकोटमा आगलागी हुँदा ६ घर जले, ६० लाखबराबरको क्षति

आगलागी भएको रोडीकोट बाहुनबाडा गाउँ ।

सर्केगाड गाउँपालिका– ७ रोडीकोटको बाहुनवाडामा बुधबार साँझ ७ बजेतिर भएको आगलागीले ६ घर जलेर पूर्ण नष्ट भएका छन् । आगलागीमा अन्य सातवटा घरमा आंशिक क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागीबाट करिब ६० लाखबराबरको धनमाल क्षति भएको छ । आगो बाल्ने क्रममा सल्लाको दियालोबाट सल्केको आगोले घरहरू जलेका हुन् । प्रहरी कार्यालयका  अनुसार ६ घर पूर्ण रूपमा जल्दा ४८ लाख ५५ हजार र सात घर आंशिक रूपमा जल्दा ११ लाख गरी जम्मा ५९ लाख ५५ हजार ६ सय रुपैयाँबराबरको क्षति भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । 

आगलागीबाट  हरिभक्त जैसी, जोखे जैसी, अभिलाल जैसी, रुपकला जैसी, मथना जैसी र देवीसिंह जैसी गरी ६ जनाको घर जलेर नष्ट प्रहरी नायव उपरीक्षक सुवेदी बताए । सात घर आगोको लप्काले ७० प्रतिशतभन्दा धेरै नष्ट भएको उनले बताए । 

सुझावित समाचार