काठमाडौं । जुम्लाको तिला गाउँपालिका– ९ स्थित ज्योति माविका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) पेस गरी अनुदान कोटामा करार शिक्षक बनेका महेन्द्रराज शाहीविरुद्ध अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको हो।
शाहीले आर्थिक वर्ष ०७८/७९ मा गाउँपालिकाबाट प्राप्त अनुदान निम्नमाध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक पदको दरबन्दीका लागि नक्कली अनुमतिपत्र बनाई नियुक्ति लिएको अख्तियारको ठहर छ।