सल्यानमा बँदेलको आक्रमणबाट किशोरी घाइते

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

सल्यानमा जंगली बँदेलको आक्रमणबाट एक किशोरी घाइते भएकी छिन्। दार्मा गाउँपालिका– २, ओझाबाङकी १७ वर्षीया बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहीबार घरनजिकैको जंगलमा दाउरा काट्न गएको समयमा जंगली बँदेलले आक्रमण गरेको हो।

बँदेलको आक्रमणबाट घाइते रोकायको मिसन अस्पताल चौरजहारी रुकुम पश्चिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। घाइतेको छाती र दाहिने खुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको उनले बताए।

सुझावित समाचार