कैलालीमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने चारजना पक्राउ

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

कैलालीको भजनी नगरपालिकामा बोक्सीको आरोप लगाई एक महिला र उनकी नातिनीलाई कुटपिट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

भजनी–५ मिलनपुरकी ५६ वर्षीया हसना देवी डगौरामाथि कुटपिट गर्ने सोही स्थानका ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी–७ की ३५ वर्षीया उर्मिला डगौरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गएराति ९ बजे उनीहरु चारैजना हसनादेवीको घरमै गई बोक्सीको आरोप लगाएर कुटपिट गरेका बताइएको छ। इलाका प्रहरी कार्यालय भजनीमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।

पीडित महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार