१४ किलो थाई गाँजासहित विमानस्थलबाट दुई भारतीय महिला पक्राउ

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो गाँजासहित पक्राउ परेका छन्। सोमबार बाटिक एयरमार्फत आएका दुई महिलालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४६ वर्षीया सबानाबानू यार महम्मद शेख ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्। हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा पक्राउ परेका दुवैमाथि थप अनुसन्धान अघि बढाएको ब्युरोले जनाएको छ।

सुझावित समाचार