इलामको रोङमा धारिलो हतियार प्रहारबाट ५५ वर्षीय पुरुषको मृत्यु

शनिबार, ३१ असोज, २०८३
डिजिटल संस्करण

इलाम । इलामको रोङ गाउँपालिका– ३, पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय कमल परियार रहेका छन्।

परियार आफ्नै घरको बरन्डामा दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा मृत फेला परेका हुन्।

शनिबार बिहान ८:३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए। घटनामा संलग्न व्यक्ति हाल फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र पारेको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार