रुकुमपश्चिममा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

रुकुमपश्चिम । रुकुमपश्चिमको बाफिकोट गाउँपालिका– २, स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ५:३० बजे स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुंगाले टाउकोमा प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा शुक्रबार राति करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न भनिएका भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

सुझावित समाचार