कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको सहमहामन्त्री(खुलातर्फ)मा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्। 

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खतिवडा दुई हजार ९१९ र सिवाकोटी दुई हजार १७२ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। खुलातर्फ सहमहामन्त्रीमा नौजनाले प्रतिस्पर्धामा थिए। 

तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत पाए। त्यस्तै, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्। 
 

सुझावित समाचार