गगनसँग सभापति लडेका खड्गी भन्छन्– मतमा पराजित भए पनि राजनीति जितेँ

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ १५औैँ महाधिवेशनमा सभापतिमा पराजित भएका श्यामकृष्ण खड्गीले मतमा पराजित भए पनि राजनीति जितेको बताएका छन्। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले कांग्रेसमा लोकतान्त्रिक प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुँदै आएको स्मरण गर्दै योपटक पनि लोकतन्त्रको जित भएको बताए।

‘बिपी कोइराला पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभएको थियो। गगन थापा पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभयो। मतमा म पराजित भएँ। तर, मैले राजनीति जितेँ,’ खड्गीले भने। कांग्रेसलाई एकढिक्का बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको पनि उनले दाबी गरे। महाधिवेशन प्रतिनिधिले गगन थापालाई सभापतिमा निर्वाचित गराएपछि आफूले सहर्ष स्वीकार गरेको उनको भनाइ छ।

खड्गीले आन्तरिक निर्वाचन सकिएकाले एकजुट भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए। सभापति निर्वाचित भएका थापालाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए। उनले महाधिवेशनमा सहयोग नगरेकै कारण विभेद नगर्न अनुरोधसमेत गरे। पार्टीभित्र फरक समूहमा रहेका कारण सार्वजनिक रूपमा एकअर्काको आलोचना नगर्न पनि उनले अनुरोध गरे।

सुझावित समाचार