काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचनको मतगणनामा महामन्त्री (खुला)तर्फ प्रदीप पौडेलले भारी मतको अग्रता कायम राखेका छन्।
पौडेलले दुई हजार ५५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले एक हजार १५९ मतसहित पछ्याइरहेका छन्। यसैगरी, डा. सुनीलकुमार शर्माले ९३४, अमरसिंह पुनमगर ८१९, गुरुराज घिमिरे ६७८, नैनसिंह महर ४२८, शंकर तिवारी ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएको निर्वाचन समितिले जनाएको छ।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला पन्तले निकटतम प्रतिस्पर्धीभन्दा ११९ मतको अग्रता लिएकी छिन्। संग्रौलाले एक हजार ५१७ मत ल्याउँदा महालक्ष्मी उपाध्याय डिनाले एक हजार ३९८ र रीता खनालले ३६५ मत पाएका छन्।