कांग्रेसको महाधिवेशन : मतदान सकियो, गणनाको तयारी

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदान सकिएको छ। शुक्रबार बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका करिब १० बजे सकिएको हो । 

सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने गर्न लागेको छ । जहाँ सिसिक्यामेराबाट निगरानीको व्यवस्था गर्न लागिएको छ।  

कुल मतदाता सात हजार ३१७ मध्ये सात हजार ३९ मत खसेको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए। 

आजै बेलुकाबाट मत गणनाको तयारी छ। अहिले सभापति पदकाे मतगणनाको तयारी भइरहेको छ । 

सुझावित समाचार