इजरायल काण्डमा पक्राउ परेकी विनिता खड्का पनि कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित, नतिजा ‘होल्ड’मा

मंगलबार, २७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । मन्त्रिपरिषद्बाटै निर्णय गराएर इजरायल पठाइदिने भन्दै ठगी गरेको घटनामा पक्राउ परेकी कांग्रेस नेतृ विनिता खड्का पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्। तर, केन्द्रीय निर्वाचन समितिले उनको नतिजा भने ‘होल्ड’मा राखेको छ । 

महिलातर्फको केन्द्रीय सदस्यको निर्वाचनमा उनी टप १५ भित्र परेकी छिन्। १५ पदका लागि ३६ जनाबिच प्रतिस्पर्धा भएकोमा खड्काले दुई हजार ८६६ मत प्राप्त गरेकी हुन्। 

खड्का कांग्रेसका अर्का नेता भरत चौलागाईंमाथि छानबिन गर्ने क्रममा पक्राउ परेकी थिइन्। ठगीको एक करोड रुपैयाँ चौलागाईंले खड्काको खातामा राखेका थिए। सोही आधारमा उनी पक्राउ परेकी  उनलाई जिल्ला अदालतले भने थुनामा नराखी अनुसन्धान गर्न भनेको छ । अदालतको सो आदेशपछि उनी छुटेकी छिन्।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि संगठित अपराध र ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ । महाधिवेशनकै बिचमा खड्का पक्राउ परेकी थिइन्। विवादपछि कांग्रेसको उनको नतिजा होल्ड गर्ने निर्णय गरेको हो । खड्का विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। 

यस्ता त निर्वाचनको नतिजा-

nullnull

सुझावित समाचार