काठमाडौं/ नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैँ–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।
असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् । यससँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन् ।
कार्निभलमा सहभागी हुन चाहने ग्राहकले असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डपमा पुगेर एक्सचेन्ज तथा उपलब्ध सुविधाबारे जानकारी लिन सक्नेछन् ।