लहान/ सिराहाको दक्षिणी सीमावर्ती औरही बाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले एक क्विन्टलभन्दा बढी प्रतिबन्धित गाजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले शनिबार बिहान सिराहाको औरही गाउँपालिका- १, दरहैयाबाट ११०.७६० किलोग्राम गाजासहित तीनजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा औरही- २ का करिब ४३ वर्षका मिश्रीलाल सदाय, वर्ष ३१ का मनिकलाल सदाय र धनगढीमाई नगरपालिका- ५ का श्यामसुन्दर यादव छन्। गाँजासहित पक्राउ गरिएकाहरूलाई सम्बन्धित निकायमा बुझाइएको उनले बताए।
त्यसअघि सशस्त्र प्रहरीले बिहीबार सुखीपुर नगरपालिका- १०, गागनखोलानजिक विश्वकर्मा चोकबाट ११ क्विन्टल २.६५५ किलो गाजा बरामद गरेको थियो।