पृथ्वी राजमार्ग आज रातभर बन्द रहने भएको छ। भारीदेखि अतिभारी वर्षाको प्रक्षेपणपछि जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द रहने जनाएको हो।
उक्त समयमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।
‘यात्रु तथा सवारीसाधनचालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।
