सरकारलाई शाहीको प्रश्न– संसदमै सहिदकी आमा रुँदा सत्ताको कुर्सीमा कसरी बस्न सक्दै हुनुहुन्छ ?

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेन–जी सहिदकी आमाले संसदमै रुनुपरेको उल्लेख गर्दै सरकारलाई जिम्मेवारी पूरा गर्न अनुरोध गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले दोषी किटान गरेर सरकारलाई प्रमाण बुझाएको ६ महिना बितिसकेको उल्लेख गर्दै शाहीले दोषी सबैलाई तत्काल पक्राउ गर्न माग गरे। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई प्रश्न गरेका हुन्।

शाहीले भने, ‘जेन–जी आन्दोलनकी सहिदकी आमा रुनुभयो संसदमा । तपाईंले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले को–को दोषी हुन् भनेर तपाईंलाई प्रमाण बुझाएको ६ महिना भयो । अपराधीलाई आजसम्म किन पक्रनुभएको छैन ? पक्रन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिरहनुभएको ?’

सुझावित समाचार