गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनले आठौँ माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गोल्डेन पिक सिनियर पुरुष, विच किड्स सिनियर महिला र ज्ञान निकेतन जुनियर पुरुषमा च्याम्पियन बनेका हुन् ।
गोल्डेन पिकले बिहीबार भएको खेलमा ज्ञान निकेतनलाई ६१–२५ ले पराजित गर्यो । सिनियर महिलाको उपाधि भिडन्तमा विच किड्सले एडभान्सलाई १२–१० ले हरायो ।
जुनियर पुरुषको फाइनलमा ज्ञान निकेतनले सम्भावीलाई २१–१६ ले पाखा लगायो । प्रतियोगिताको सिनियर पुरुषमा गोल्डेनपिकका सुशील गिरी, सिनियर महिलामा विच किड्सकी रशिका तामाङ र जुनियर पुरुषमा ज्ञान निकेतन शौरभ परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर पुरुषमा १५, सिनियर महिलामा १६ र जुनियर पुरुषमा १३ टोलीले भाग लिएका थिए ।