नबिल एसएसई फेलोसिपका लागि आवेदन आह्वान

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरिएको हो । इच्छुक आवेदकले २६ असोजसम्म आवेदन दिन सक्नेछन् । बैंकका अनुसार, १८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ ।

समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने माध्यमका रूपमा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै बैंकले यी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले दिगो उद्यम र रोजगारी सिर्जना गर्नुका साथै बृहत्तर सामुदायिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित व्यक्ति र सीमान्तकृत समुदायका प्रतिबद्ध तथा सक्षम उद्यमीहरूलाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ । नबिल एसएसईमार्फत केवल उद्यममा मात्र नभई, आफ्नो समुदायभित्र दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिको क्षमता विकासमा पनि लगानी गरिरहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताए ।

‘सातौँ फेलोसिप समूह र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गर्दै गर्दा हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरूलाई जोड्नु हो,’ सिइओ ज्ञवालीले भने ।

See More On

सुझावित समाचार