एक अर्ब ३४ करोड रुपैयाँबराबरको हुन्डी कारोबार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) र धनुषा प्रहरीले सहिदनगर नगरपालिका ४ स्थायी घर भएका २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो। उनलाई मंगलबार प्रहरीले घरबाटै पक्राउ गरेको हो।
उनले मलेसियाबाट ठुलो मात्रामा हुन्डीको कारोबार गर्दै आएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। उनले विभिन्न व्यक्ति तथा संस्थाको बैंक खाता प्रयोग गरी बैंकिङ च्यानलबाटै हुन्डीको कारोबार गर्दै आएका थिए। उनीविरुद्ध धनुषा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।