मुस्ताङमा मिनीबस दुर्घटना हुँदा १२ भारतीय पर्यटक घाइते

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कालीगण्डकी करिडोरको जोमसोम–मुक्तिनाथ सडक खण्डमा मिनीबस पल्टिँदा १२ जना भारतीय पर्यटक घाइते घाइते भएका छन्।

मुक्तिनाथबाट कागबेनीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६०९ नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४४ वर्षीय रुपेन थापाले चलाएको बसमा चालक र सहचालकसहित २५ जना सवार थिए।

दुर्घटनाको जानकारीपछि प्रहरी चौकी कागबेनीबाट प्रहरी सहायक निरीक्षक रुकबहादुर थापा तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीको कमान्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो।

दुर्घटनामा परी घाइते भएकाहरूको प्रदेश अस्पताल, जोमसोम, मुस्ताङमा उपचार भइरहेको छ। अन्य १३ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

सुझावित समाचार