बाढीमा चार सय ट्रक–कन्टेनरसँगै मजदुर हराए : व्यवसायी

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

१० भदौको भोटेकोशी बाढीका कारण सो क्षेत्रमा सञ्चालनमा रहेका चार सय ट्रक तथा कन्टेनरसँगै चालक र सहचालक हराएको व्यवसायीले बताएका छन् । सोमबार नेपाल ट्रक यातायात व्यवसायी महासंघको टोलीले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेट गरी भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे जानकारी गराएका हुन् ।

भेटमा महासंघले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । हराएका सवारीसाधनको खोजी, क्षतिको विवरण संकलन तथा प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।

छलफलका क्रममा यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा रायसहितको प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । 

सुझावित समाचार